भारतले छोरी मन्त्री बनाउन पठाउने हो कि ज्वाईलाई दिने हो – सांसद बिडारी

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १२ : ३३


काठमाडाैं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले चीन र भारतमा दोहोरो नागरिकताको व्यवस्था नभएको बताउँदै नेपालमा पनि दोहोरो नागरिकताको व्यवस्था नभएको बताउनुभएकाे छ ।

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले भन्नुभयाे ‘भारतले छोरी दिन्न भनेर पिर पर्यो भनेर एक जनाले तल्तिर बोलेछन् । अब भारतले हामीलाई छोरी दिन्न भनेर रोयछन् बा ।’ उहाँले थप्नुभयाे ‘भारतले छोरी नदिए नेपालकी छोरी नेपालको छोरोसँग बिवाह गर्छ ।’

बिडारीले भारतले नेपाललाई छोरी दिन सांसद कि मन्त्री बनाउन दिने हो ? भन्दै प्रश्न समेत गर्नुभएकाे छ । उहाँले भन्नुभयाे ‘नारा लगाउनेले हाम्रा छोरीलाई भारतले किन हेपाएको ? भारतमा लगेर किन दासी कमारी बनाएको ? भनेर नारा लगाउन मिल्दैन ? छोरी ज्वाईलाई दिने होकी सांसद र मन्त्री बनाउन दिने हो ?’


प्रतिक्रिया दिनुहोस्