‘सत्ताधारी दल गुटको जालोमा फसेको छ, प्रम उखानटुक्का/छेडखानीमा ब्यस्त छन्’

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ११ : ३६


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसको महामारीपछि उत्पन्न बेरोजगारी समस्याले देशलाई गम्भीर संकटतर्फ धकेलेको बताउनुभएको छ ।

बेरोजगारीको ताँती बढिरहेको अवस्थामा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुटको जालोमा फसेको बताउँदै डा. भट्टराईले एमसीसीको विषयमा पनि आपत्ति जनाउनुभएको छ ।

नागरिकताको विषयले गम्भीर समस्या निम्त्याउने भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा अ‍ोली उखानटुक्कामा व्यस्त रहेको आरोप लगानुभयो ।

उहाँले आजको ट्वीटमा लेख्नुभएको छ – ‘देश चौतर्फी संकटमा फस्दैछ । कोरोना चर्किदैछ । अर्थतन्त्र थला पर्दैछ । विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताँती बढ्दैछ’, उनले भनेका छन्, ‘स्कूलकलेज लथालिंग छन् । एमसीसीको टुंगो छैन । नागरिकता बल्झिदैछ । सत्ताधारी दल गुटको जालोमा फसेको । प्रम उखानटुक्कारछेडखानीमा ब्यस्त छन् । संकटको निकास खोजौं ।’


प्रतिक्रिया दिनुहोस्