आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ११ : २१


काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज घटेको छ । सुन तोलामा ४ सय रुपैयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार मात्रै तोलाको ९१ हजारमा किनबेच भइ सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।

मंगलबार तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा दश रुपैयाँले घटेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्