पत्ता लाग्यो कोरोना परीक्षणको नयाँ तरिका, घरमै परीक्षण गर्न मिल्ने, छिट्टै नतिजा आउने

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ५१


काठमाडौँ । वैज्ञानिकले कोरोना भाइरस परीक्षणको नयाँ तरिका पत्ता लगाएका छन्। जापानका शोधकर्ताको एक टोलीले सलाइवा टेस्ट अर्थात् र्‍यालबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्न सकिने नयाँ तरिका विकास गरेका हुन्।

यो नयाँ तरिकाबाट कोरोना परीक्षणको रिर्पोट २५ मिनेटमा आउँछ। मानिसहरुले घरमै बसेर यसको परीक्षण गर्न सक्ने छन्। जापानी विश्वविद्यालयका साथमा काम गरिरहेको एक मेडिकल र्फमले यो परीक्षणका लागि काम गरिरहेको बताएको छ। बेलायतमा पनि यस्तै सलाइवा टेस्टिङको परीक्षण चलिरहेको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। महामारी फैलिएको ६ महिना पुग्दासमेत यसविरुद्धको भ्याक्सिन पत्ता लाग्न सकेको छैन्।


प्रतिक्रिया दिनुहोस्