आज यूरोको मूल्य बढ्यो, डलरको घट्यो, कुन देशको कति ?

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : १३


काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ भने यूरोपियन यूरो र यूके पाउण्डको मूल्य बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ९४ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ८ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ७५ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ४६ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ २१ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्