क्वारेन्टिनबाट फर्किएका युवकको मृत्यु

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ४५


बलेफी गाउँपालिका-४ का युवकको मृत्युु भएको छ। चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको आज मृत्यु भएको हो ।

क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो।

भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो। मृत्युको कारण भने खुलिसकेको छैन।


प्रतिक्रिया दिनुहोस्