जब शौचालय बनाउन जमिन खन्दा भेटिए सुनका सिक्का

प्रकाशित मिति : असार ८, २०७७ सोमबार


काठमाडौँ । कहिले काही जमिन खान्दाखन्दै मानिसलाई करोडौँको खजाना भेटियो भने सोच्नुहोस् के होला। यस्तै एक घटना सार्वजनिक भएको भारतको छत्तीसगढमा ।

भारतको छत्तीसगढको एक गाउँमा रहेको विद्यालयमा शौचालय बनाउन जमिन खन्दा सुनका सिक्का फेला परेको हुन्। ती सिक्का ५/६ शताब्दी पुराना रहेको बताइएको छ। भारतीय मिडियाका अनुसार जमिन खन्दा सुनका ऐतिहासिक सिक्का फेला परेका छन्।

उक्त सिक्कामा गरुडको आकृति तथा शंख चक्र रहेको पाइएको छ। पुरातत्व विभागले सिक्काको निरिक्षण गर्दा ५/६ शताब्दीको रहेको बताइएको समाचारमा उल्लेख छ। अहिले ती सिक्कालाई पुरातत्व विभागको संरक्षणमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्