सुस्मिताको हत्यामा परिवारकै संलग्नता : प्रहरी

प्रकाशित मिति : असार ८, २०७७ सोमबार


काठमाडौं । प्रहरीले हेटौडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोकमा घरकै भान्सा कोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता थापाको हत्यामा परिवारकै सदस्य संलग्न रहेको जनाएको छ।

अनुसन्धान पछि प्रहरीले ससुरा प्रकाश थापा र नन्दको संलग्ना रहेको जनाएको छ।

सुस्मिताका श्रीमानको ६ महिनाअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उनी माइत बस्दै आएकी थिइन्।

६ महिना पुगेको अवसरमा साँस्कृतिक कार्यक्रमका लागि गएकी उनी लकडाउने माइत फर्कन सकेकी थिइनन्। घरमा खाना खाने समयमा विवाद हुँदा ससुरा र नन्दले विभत्स हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

बन्द कोठामा थापाको शव फेला परेको थियो । सुरुमा उनले आत्महत्या गरेको खबर बाहिरिएको थियो।

सुस्मिताको टाउकोको पछिल्लो भागमा चोट र आँखासमेत फुटेको पोष्ट र्माटम रिपोर्टले देखाएको छ।


प्रतिक्रिया दिनुहोस्