प्यूठानमा दुईजना स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ५ : ५९


प्यूठान । प्यूठानमा सोमवार दुईजना स्वास्थ्यकर्मीसहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा सोमवार गरिएको परीक्षणमा प्यूठानका थप २४ जनामा र आइतवार साँझ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यूठानमा पहिलोपटक संक्रमितको उपचारमा खटिएका २ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको हो ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १ सय २४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्