पोर्न भिडियो बजेकोबारे छानबिन गर्न मन्त्रालयको निर्देशन

प्रकाशित मिति : असार ८, २०७७ सोमबार


काठमाडौं । सोमबार पर्यटनमन्त्री योगेश भट्राई सहभागी बैठकमा पोर्न भिडियो बजेपछि मन्त्रालयले छानबिन गर्न निर्देशन दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्डलाई कुन अकाउण्टबाट बजेको हो भन्दै छानबिन गर्न निर्देशन दिएको हो।

दिउसो आयोजित कार्यक्रममा पर्यटनमन्त्री भट्टराई बोलेको २ मिनेटपछि भिडियो बजेको थियो।

पोर्न भिडियो बजेपछि पर्यटन मन्त्री भट्टराईले बोल्न बन्द गरेका थिए भने कार्यक्रम अन्त्य गरिएको थियो। उक्त हर्कतबारे अहिले अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ।

उक्त कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी, पत्रकार सहित २ सय भन्दा बढि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्