यसकारण विद्यालय खोल्नु पर्छ

प्रकाशित मिति : असार ८, २०७७ सोमबार


हरि शिवाकोटी
शिक्षा सम्बन्धी लोक भाषालाई सम्झने हो भने केही कुरा दर्साउन मन लाग्यो । घर पहिलो पाठशाला हो । अर्ति भनेको गोठालाको पनि लिनुपर्छ । पढाई निरन्तर प्रक्रिया हो । पढ्नलाई सुकिला मुकिला ठाउँ हैन । ईमानदार शिक्षक र पाठक भए पुग्छ । पढाउने काम त जसले पनि गर्छन, अवको शिक्षा भनेको सिकाउने हो । शिक्षक सक्षम भए हरेक सिकाइको आधार त्यही हुन्छ । किताब र कापी बोकेर मात्र सिकाई हुँदैन, समय सापेक्ष शिक्षा बनाउन केटाकेटीलाई प्रकृतिसँग जुध्न सिकाउनुपर्छ । अवको शिक्षा भनेको भुगोल र गुगलको मिश्रण हो आदि । शिक्षा लिने प्रक्रिया समय अनुसार बदलिन्छ । ठ्याक्कै जनता जनार्दनहरुले भने जस्तै सदैव एउटै विधी र प्रक्रियाबाट सिकाई गर्ने कुरालाई सन् २०२० को महामारीले विकसित मुलुकहरुलाई मात्र हैन, हामी जस्ता विकासोन्मुख देशहरुलाई पनि बैकल्पिक व्यवस्था अनुरुप शिक्षा पनि चलाउनु पर्ने रहेछ भन्ने कुरा यो महामारीले अवगत गरायो । २०७२ को महामारीले भुइतले विद्यालयहरु सुरक्षित हुने कुरालाई पाठ सिकाएर गयो । आवस्यकता नै आविस्कारको जननी हो भने झै अहिले सिकाईले नयाँ आवस्यकताको उद्घोष गरेको छ । अव पढाई हैन विद्यार्थीहरुलाई सिकाईको अभ्यास गराउनुपर्छ भन्ने पाठ पढाएको छ । फेरि पनि गृह शिक्षाको महत्वलाई भुल्न नमिल्ने सन्देश दिएको छ ।

घर पहिलो पाठशाला नै हो र मातापिता नै सही गुरुबा र गुरुमा हुन, उनीहरु नै सिकाईका मुल माध्यमहरु हुन् । विद्यालयविहिनताको अवस्थामा घर र समाज नै विषयवस्तुका श्रोतहरु भएका छन् । त्यसकारण विद्यालयमा मात्र सिकाई हुन्छ भन्ने कुराले यहाँ विश्राम पाएको छ । उमेरजन्य हिसाबले फरक फरक भएपनि पाक शिक्षा, करेसाबारी शिक्षा, कौशी शिक्षा, इतिहास, संस्कृति शिक्षा, आफन्त र वंश शिक्षा सिकाउने अवसर पनि हो । अर्कोतिर विद्यालयको शिक्षा कतिको व्यवहारिक रहेछ भनेर विद्यालय र शिक्षकको परीक्षा लिने अवसर पनि हो । सामाजिक शिक्षा पढेर समाजलाई कसरी बुझेका रहेछन्, ज्यामिती पढी कोठाको साईज अनि टेवल, खाट कसरी मिलाउँछन्, अंकगणितको प्रयोग गरी किनमेल गर्न लगाई जाँच लिने अवसर पनि हो यो । लिने कसरी ।

समय अनुसार सिकाई विधी बदल्न अव विश्व बाध्य छ , हरेक विषयको विश्वव्यापकताको कारण हामी पनि अपबाद हुन सक्दैनौ । बदलिनु पनि पर्छ । आजको समस्यालाई हिजोका समाधानको विधी खोजेर सम्भब छैन । हाम्रा देशमा पनि यो विषम परिस्थितीको बेलामा विविध तरिकाबाट विद्यार्थीहरुलाई सिकाईमा बाँध्ने काम गरियो । रेडियो शिक्षा, टेलिभिजन शिक्षा, अनलाईन शिक्षा आदि बाट पढ्न जान उमेर पुगेका केटाकेटीलाई। ३, ४ महिनासम्म त्यतिकै बरालिन दिनु भनेको उक्त सत्रको बाँकि पठनपाठन पनि सिध्याउनु हो । सदैव हात बाँधेर हुन्न नै ।

तर प्रश्न र कौतुहलता । कतिञ्जेलसम्म । कक्षा शिक्षणमा खेल्दै, कुरा गर्दै, दगुर्दै, रमाउँदै, जिस्किँदै, हाँस्दै, रुँदै, नाच्दै, गाउँदै, साथीहरुको माझ बसी पढेको जस्तो बास्तविक स्वाद विद्यार्थीहरुलाई यो सुनेर मात्र, चुप लागेर मात्र प्राप्त गर्ने दुर शिक्षाको विधीबाट सम्भव होला र ? सवैलाई थाहा छ र उत्तर पनि थाहा छ । यो त विद्यालय नुखुल्जेलको लागि अल्झिने बाटो मात्र हो । नहुनु मामा भन्दा कानो मामा नै जाति नै मात्र हो । जसरी एउटा बाघलाई आफैले लखेट्दै लखेट्दै मृगलाई आक्रमण गरी मासु लुछेर खाएको आनन्दानुभुति चिडियाखानामा दिइएको मासुको हुँदैन, त्यसरी नै शिक्षकको हाउभाउबाट, साथीहरुको बोलीचालीबाट, विविध समुदायका केटाकेटीहरुको एकाकारबाट प्राप्त गर्न सकिने जीवन्त शिक्षा अहिले हाम्रो देशमा अभ्यास भईरहेका भर्चुअल कक्षाका नाममा रहेको कुनै विधीबाट पनि पुरा गराउन सकिन्न । फेरि सम्भावनालाई पनि आँकलन गरौँ न । के हामी जस्तो विकासोन्मुख देशमा जहाँ अहिले पनि सामुदायिक विद्यालयमा ६५ हजार शिक्षकको दरबन्दी नै खाली छ । अनि भएका शिक्षकहरु मध्ये कतिवटा जिल्लाका कति विद्यालयका शिक्षकहरु यसको लागि सक्षम छन् ?संघीय सरकारको आर्थिक सर्भे २०७६÷७७

(https://mof.gov.np/uploads/document/file/Economic_Survey_2076-77.pdf)

लाई आधार मान्ने हो भने पनि २९,७०७ सामुदायिक विद्यालय मध्ये ८, ३६६ विद्यालयसँग मात्र कम्प्युटरको व्यवस्था छ भने ती मध्ये पनि सुचना प्रविधीलाई पनि आधार बनाई अध्यापन गराउने विद्यालय मात्र ३, ६७६ मात्र छन् , प्रतिशतमा हेर्ने हो भने मात्र १२ प्रतिशत मात्र हुन्छ । नेपाल दुरसंचार संस्थानको प्रतिवेदन अनुसार १२ प्रतिशत नेपालीहरुले मात्र ब्रोडब्याण्ड ईन्टरनेट प्रयोग गर्छन । बाँकि नेट प्रयोगकर्ताहरु सवै मोबाईल डाटा चलाउँछन् । कसरी अनलाईन शिक्षा सर्वसुलभ बनाउन सकिन्छ ।

दोश्रो तर्फ अभिभावकको पक्षबाट हेर्ने हो भने पनि कति अभिभावकहरुले टेलिजिनको व्यवस्था गर्न सक्नछन् । ईन्टरनेटको पहुँच कति अभिभावकसँग छ ? त्यो पक्षलाई ध्यानमा राखेर मात्र हामी यस प्रकारका शिक्षाको सुचारु र निरन्तरताको अपेक्षा गर्न सक्दछौँ । यदि पाठ्यक्रमको व्यवस्थापन, सोहि अनुसार विद्यार्थीहरुको तह र रुची, व्यवस्थापक र शिक्षकहरुको उचित मात्रामा व्यवस्थापन गर्न सकिने हो भने अनलाईन कक्षाका राम्रा पक्षहरु पनि छन् । शिक्षकले विशेष तयार गरेका हुन्छन्, विविध स्लाईड्सको तयार गरेका हुन्छन्, विभिन्न श्रव्य दृष्य सामग्रीहरुको खोज गरेका हुन्छन् । यसले गर्दा विद्यार्थीहरुलाई जान्न र बुझ्नमा धेरै नै सहज बनाउँछ । विश्व विद्यालयका कक्षाहरुमा जहाँ रुची अनुसार पढ्न जाने विद्यार्थीअरु अध्ययनमा तल्लीन हुन्छन्, त्यहाँको हकमा हाम्रो देशमा पनि यो प्रभावकारी हुन सक्छ । महँगा कितावहरु किन्ने झन्झट, यातायातको बोझ, खाजापानीको जो हो, रोजगारी गर्नुपर्ने बाध्यतालाई उचित सम्बोधन इ लर्निंङले गर्न सक्छ किनकी त्यहाँ अध्ययन गर्ने हरेक विद्यार्थीले जीवनको स्वदिशा निर्देश गरिसकेको हुन्छ ।

यति हुँदाहुँदै पनि हाम्रो जस्तो देशमा यसको धेरै चुनौतीहरु यसको अभ्यास गर्दागर्दे देखा परेका छन् । यहाँ विजुलीको निरन्तरन्ता छैन, नेट एकदम ढिलो चल्छ , ग्रामीण क्षेत्रमा बस्ने विद्यार्थीहरु ईन्टरनेट प्रयोग गर्न सक्ने अवस्थामा छैनन्, गृहकार्य गर्ने र निरीक्षण गर्ने प्रक्रिया चुनौतीपूर्ण छ । विद्यार्थीहरुसँग अपेक्षित अन्तरक्रिया गर्न, ध्यान केन्द्रित गर्न साथै उत्सुकता जगाउन चुनौती छ । यो भन्दा पनि हाललाई अनलाईन कक्षालाई मात्र निरन्तरता गर्ने भनेको हुँने खानेको लागि, शहर केन्द्रित शिक्षालाई पश्रय दिनु हो । त्यसैले सम्बन्धित सरोकारवालाले तुरुन्त सही कदम चाल्नुपर्छ, शिक्षा मञ्त्रालयले विषयलाई व्यवहारिक बनाउन गम्भीर हुनुपर्छ किनकी मन्त्रालय एसइई रोक्ने र रद्ध गर्ने, चलिरहेको विश्वविद्यालय परिवारलाई स्थगित गर्ने, विद्यालय सञ्चालन गर्ने, हैन अनि फेरि रोक्ने जस्ता कुराहरुबाट पहिले नै निराशाको अभिभावक बनेको छ । अनलाईन शिक्षा सुन्दा आकर्षक छ, तर कार्यान्वयन कठिन छ । यो नेपालको भविष्य हो , बर्तमान होइन ।

नगण्य सामुदायिक विद्यालयले भर्चुअल कक्षाहरु सञ्चालन गरेका छन् । सार्वजानिक शिक्षामा अब्बल विश्व निकेतन स्कुलका प्रअ हेरम्बराज कंडेलका अनुसार तीस प्रतिशत विद्यार्थीहरु मात्र समेट्न सकिएको छ । लालीगुराँस बाटिका मा वि नरेफाँटका प्रशासन प्रमुख वसन्त वाग्लेका अनुसार ६० प्रतिशत विद्यार्थीहरु समेट्न सकिएका छन्, होलिभिजन स्कुल कालिमाटीका प्रिन्सिपल नन्दलाल सुवेदीका अनुसार पनि सोही हाराहारीमा विद्यार्थीहरु समेट्न सकिएको छ । बाँकि आफ्नै सुरमा छन् । समेटिएका विद्यार्थीहरुमा पनि इमानदारिता देखिन्न । साउण्ड अफ गर्ने, भिडियो अफ गर्ने अनि अन्यत्र साथीसँग च्याटिंग गर्ने, नेट नै गयो, बत्ती नै आएन भन्ने बहाना गर्ने बानी देखिन्छ । कक्षा २÷३ सम्मका केटाकेटीलाई यो कठिन भएको पनि शिक्षा सरोकारवालाहरुको मुखबाट सुन्न सकिन्छ । उनीहरु एकै ठाउँमा बस्न सक्दैनन् । छिनछिनमा शौचालय जाने, पानी खाने, साथीसँग चल्नुपर्नेलाई जवर्जस्ती टिभी, कम्प्युटरको अगाडि राखेर कोच्याएको कुरा कति समय रहला ? फरक फरक क्षमताका केटाकेटीहरुलाई सहजकर्ता शिक्षकको अवरोधविनाको संरक्षकत्वमा उनीहरुकै नेतृत्वमा सिक्दै गर्दै, गर्दै सिक्दै रमाउनुपर्नेमा शिक्षकले चाहेको खाकामा मात्र खाँदेर सिकाई सफल हुन्न । अतः सवै विद्यार्थीहरु यसबाट लाभान्वित हुन नसक्नाले नसमेटिएका विद्यार्थीहरुमा हामी मात्र छुटेछौ कि भन्ने एक प्रकारको त्रास पनि बढेको छ । दुई, तीन, चार सन्तान हुनेको पिडा त विशेष नै छ । सवैलाई फरक फरक ग्याजेट चाहियो, कहाँबाट पु¥याउने ? यी सवै कुराहरुलाई सतही अध्ययन नगरी हाम्रो बस्तुगत विश्लेषण गर्ने हो भने भौतिक उपस्थिती सहितको शिक्षा नै उत्तम माध्यम हुन् । अव यस विषयमा पक्ष विपक्षका आवाजहरु आउनु वैज्ञानिक हो । क्रिया र पतिक्रिया सदैव हुनु बैज्ञानिकता हो ।

हामी हाम्रो अहिलेको गाउँ र शहर दुवैको अवस्था हेरौ । दिउँसो लकडाउनको नाममा आवातजावत कम भए पनि विहान बेलुका बाटोघाटा,े सडक, तरकारी फलफूलबजार, गल्लीहरुमा तमासा छ । खुल्लेआम केटाकेटी देखि बुढाबढीसम्म सवैजना संक्रमण त दिउँसो मात्र हो , विहान बेलुका आउँदैन भने झै गरी घुमेका छन् । नेपाली हो नि एक्लै बस्ने संस्कार पनि छैन नि । न मैले गरेको छु, अनि छातीमा हात राखी भन्नुस् त तपाइँले गर्नुभाछ ? अहँ छैन । केटाकेटीहरु खुला ठाउँ पाएसम्म खेल्न गएका नै छन् । अनि रोक्ने चाहिँ कति दिन ? सरकारको हालको परीक्षणको दरले वर्षौं लाग्न सक्छ कोरोनाको देहबसानउ गराउन । अनि लकडाउन गरी हरेक कुरालाई विचल्ली बनाउन मिल्दैन । समाजले सावधानीपूर्वक हरेक कुरालाई खोल्नुपर्छ , विद्यालय पनि । घरमा विकल्प दिन सक्नेले विनासकाले विपरित वुद्धि पनि भन्न सक्छन्, छोराछोरी पढाउनुपर्ने जिम्मेवारी नभएकाहरुले बेमौसमी बाजा पनि भन्न सक्छन् । तर चलायमान केटाकेटीलाई घरमा नै सिकाएर सम्भव हुने थियो भने भौतिक पूर्वाधारमा यत्रो खर्च किन गर्नुपथ्र्यो होला । बरु विद्यालय खोल्ने कसरी त्यसको बारेमा बहस गर्नुपर्छ ।

विद्यालयको पठनपाठनको विकल्पहरु
क) विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधी, अभिभावक, प्रअ, स्वास्थ्यकर्मी वसी स्थानअनुसारको अल्पकालिन विद्यालय सञ्चालन कार्यविधी बनाउने ।
ख) विद्यालयका कक्षाकोठा , फर्निचार भौतिक दुरी कायम गरी पढाउन सक्ने गरी पुुनव्यवस्थापन गर्ने । बालबालिका, शिक्षक, कर्मचारीको अनिवार्य रुपमा ज्वरो परीक्षण गर्ने, मास्क तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्ने ।
ग) शुरुमा ९ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने, सो गर्दा पनि २÷३ सत्रमा कक्षा सञ्चालन हुने गरी व्यवस्थापन गर्ने । एक सत्र विहान ६ बजेदेखि १० र अर्को सत्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म चलाउने ।
घ) विस्तारै तल्ला कक्षाहरु प्नि सञ्चालन गर्ने, सँख्यालाई मध्यनजर गरी बारहरु –आईतबार आएकालाई सोमबार विदा) छुट्टयाई अध्ययनको व्यवस्था गर्ने ।
ङ ) खाजा तथा पानीको व्यवस्था विद्यार्थी स्वयंलाई गर्न लगाउने, शौचालको रुटिन तथा निरीक्षण गर्ने ।
च) खुला चौर, हलहरुलाई बैकप्लिक कक्षाको रुपमा पनि प्रयोग गर्ने ।
छ) ग्रामीण क्षेत्रमा सर्वाधिक विद्यार्थीहरु स्थानीय नै छन् । शिक्षक कर्मचारी पनि स्थानीय नै छन् । कक्षा सञ्चालन गर्न सवैभन्दा सहज बाटो त्यता छ ।

यी सवै विद्यालय खुला बनाउने सम्बन्धी कुरा गर्दा एक थरी मान्छेलाई फेरि निजी विद्यालयको शुल्क उठाउनको लागि विद्यालय खुलाउनुपर्ने भन्ने कुरा टुप्पामा आईहाल्छ किनकी लामा सययसम्म हाम्रो दिमागमा यही कुरा गडेको छ । यहाँ विद्यालय खुलाएर पठनपठान सहज बनाउने कुरा हो । बुद्धको भनाई सापटी लिएर भन्दा जव तपाइ अरुको बाटो उज्यालो पार्नुहुन्छ, तव तपाइको बाटो पनि उज्यालो हुनेछ । जहाँसम्म निजी÷संस्थागत विद्यालय छन्, उनीहरु सरकारको परिपूरक हुन् भनेर बुझ्न सकियो भन्ने न्यायमुखी समाजका जिम्मेवार नागरिक हुन सकिन्छ । देशमा सामुदायिक विद्यालय नै बलियो हुनुपर्छ । शिक्षा र स्वास्थ्य जहिले पनि सरकारको पूर्ण वजयस्वामित्वमा रही सार्वजानिक शिक्षा बलियो हुनुपर्छ, ।

निजी विद्यालयको गेटबाट सरकारी विद्यालयमा आज प्रवेश परीक्षा छ, छोराछोरीले त्यहाँ नाम निकालिदिएको भए हुन्थ्यो, नाम निस्केन भने चाहिँ बोडिङ तिर एक वर्ष पढाउनुपर्ला भन्ने सामुदायिक ÷सरकारी विद्यालय बनाउनुपर्छ । त्यसपछि कसैले पनि यिनीहरुको बारेमा यति धेरै कोहोलो पनि मच्चाउनुपर्दैन । सरकारी विद्यालय राम्रो होस्, निजी विद्यालयको विरोध गर्नै पर्देैन । यति हुँदाहुँदै पनि एकै देशमा हरेक खाले शिक्षा हुनु हुँदैन । संस्थागत विद्यालयको अनुगमन हुनुपर्छ, साथै सञ्चालकको रिसले त्यहाँ काम गर्ने शिक्षक पनि यही देशका नै शिक्षक ÷ नागरिक हुन् भनी राज्यले न्यायोचित बाटो देखाईदिनुपर्छ ।

सरकार हरेक नेपालीको भरोसाको केन्द्र बन्नुपर्छ । बहुमत जनता त हो मा हो मिलाउने मात्र हुन्, नीति त राज्यले बनाउने हुन् । अहिले पनि नगण्य सामुदायिक विद्यालयले विद्यार्थीप्रति आफ्नो दायित्व सम्झेर पठनपाठनको व्यवस्था गरेका छन् । केही संस्थागत विद्यालयहरुले व्यवस्थित रुपमा नै कक्षा सञ्चालन गरेका छन् । तर विद्यालय उमेरका ७० लाख विद्यार्थी मध्ये ९० प्रतिशत विद्यार्थीहरु विद्यालय बाहिर छन् । व्यवस्थित तरीकाले विद्यालय सञ्चालन गरी सवैलाई पढाउने वातावरण बनाउनुपर्छ । त्यतिञ्जेलसम्म यो विद्यालयको भागबण्डा र कित्ताकाट तोकी सामाजिक सञ्जालमा आततायी बनाउने शब्द हाली मनोरोग बढाउने काम बन्द गर्नुपर्छ ।

समस्यासँगै समाधानको उपाय देखाउन सक्नु जिम्मेवार नागरिकको कर्तव्य हो यसमा सवै तल्लीन हुनुपर्छ । यो विषम परिस्थितीमा अभिभावकको ढाड सेक्ने काम शिक्षाका कुनै सरोकारवालाले पनि गर्नुहुँदैन । कमाउनुपर्नेले अर्को वर्ष कमाउनुहोला , साथै मर्न पनि कसैलाई दिन हुँदैन । यो कुरा प्रत्येक मानवले गर्नुपर्ला । सवै पेशा व्यवसायहरु अवरुद्ध छन्, सरकारी कर्मचारीहरुको बाहेक । आम्दानी खुम्चिएको छ । तर रित्तो गोजी समस्या होईन, समस्या त रित्तो मस्तिष्क र शुन्य ह्रदय हो । एक वर्ष नपढ्दा केही हुन्न भनी प्रचारबाजी गर्दा एक वर्ष खेर गएको कुरा पनि सँगै बुझ्नुपर्छ । रात भरी रुँग्यो बुढी जिउँदो भने झै परीक्षा नै नदिई जसरी एस इ ई का विद्यार्थीलाई ११ मा पठाईयो, पढाउँदै नपढाइै अर्को कक्षा चढाउने बाध्यता नआओस् ।


प्रतिक्रिया दिनुहोस्