कोरोना भाइरस आफै समाप्त भएर जाने चर्चित डाक्टरको दाबी

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ११ : ०९


इटलीका एक चर्चित डाक्टरले कोरोना भाइरस कमजोर बन्दै गएको दाबी गर्दै विस्तारै सामाप्त भएर जाने दाबी गरेका छन्। इटलीको पोलिक्लिनिको सान मार्टिनो अस्पतालका संक्रमण रोगका विशेषज्ञ प्रोफेसर म्याट्टिओ बस्सेटीले कोरोना भाइरस पहिलो बाघ जस्तो भएपनि अहिले जंगली बिरालो जस्तै बनेको दाबी गरेका हुन्।

बेलायति टेलिग्राफका अनुसार प्रोफेसर म्याट्टिओले भ्याक्सीन बिना नै कोरोना भाइरस आफै समाप्त हुने दाबी गरेका छन्। यद्यपी कोरोना भाइरस कमजोर बन्दै गएको भन्ने उनको दाबीमा कमै विज्ञ मात्र सहमत देखिएका छन्।

उनले भनेका छन्, पहिलो कोरोना भाइरसबाट मानिसको जुन गतिमा मृत्यु भएको थियो अब धेरैले यसलाई रिकभर गर्न थालेका छन्। इटली त्यो देश हो जहाँ चीनपछि सबैभन्दा पहिलो कोरोना महामारी देखिएको थियो। अब इटलीमा नयाँ कोरोना संक्रमितको संख्या घट्दै गएको छ।

म्याट्टिओ भनेका छन्, कोरोना संक्रमणबाट हुने मृत्युदर घट्दै जानु त्यसको मतलब हुनसक्छ, अब कोरोना भाइरस कमजोर बन्दै गएको छ। केही समयपछि यो भाइरस आफै समाप्त भएर जाने छ। यसलाई कुनै भ्याक्सिनको आवश्यकता पर्ने छैन्।


प्रतिक्रिया दिनुहोस्