मेरी बास्सैका ‘सापटे’ र ‘घिरौँले’ले ल्याए रुकुम घटनामा आधारित गीत

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ३४


काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सामुहिक हत्याकाण्डबारे एक म्युजिक भिडियो बजारमा आएको छ।

६ जनाको ज्यान जानेगरी भएको दर्दनाक सामुहिक हत्याकाण्डलाई टपक्क टिपेर बनाइएको गीतमा समर बहादुर गायकले स्वर र संगीत भरेका छन्। यो गीत दिवाकर भण्डारी (सापटे काका)र लेखान्त भुसाल (घिरौँले) ले लेखेका हुन्।

उक्त गीतको म्युजिक भिडियोमा दिवाकर भण्डारी, लेखान्त भुसाल, सविना भण्डारी, विष्णु खड्का, गोकुल विसी, शंकर ओझा लगायतको अभिनय रहेको छ। मेरी बास्सैका कलाकारद्वय भण्डारी र भुसालले यसअघि उक्त घटनामा आधारित सर्ट मूभि ‘इतिहास’ बजारमा ल्याएका थिए।


प्रतिक्रिया दिनुहोस्