तस्वीरमा हेर्नुहोस्, कहाँबाट कस्तो देखियो दुर्लभ खण्डग्रास सूर्यग्रहण ?

प्रकाशित मिति : असार ७, २०७७ आईतबार


आइतबार एशियाका विभिन्न भाग र पश्चिम अफ्रिकामा सूर्यग्रहण लाग्यो। नेपाल‍मा बिहान १०ः५० मा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २:२३ बजे सकिएको थियो।

खगोलशास्त्रीहरूका अनुसार नेपालको सुदूरपश्चिम क्षेत्रबाट सूर्य ९८ प्रतिशतजति अँध्यारो भएको देखिएको थियो भने अन्य भूभागबाट ८८ प्रतिशत ग्रहण देखिएको थियो।

यो सूर्यग्रहण उत्तरी गोलार्धको सर्वाधिक लामो दिन अर्थात् अयनान्तमा परेकाले पनि दुर्लभ मानिन्छ।

भक्तपुरबाट देखिएको सूर्यग्रहण
स्वयम्भूबाट दिउँसो १२:४५ बजे देखिएको सूर्यग्रहण
फिलिपिन्सको मनिलाबाट देखिएको सूर्यग्रहण
भारतको मुम्बईबाट देखिएको सूर्यग्रहण

प्रतिक्रिया दिनुहोस्