जसले भर्खरै जन्मिएको छोरो १० लाखमा बेचे

प्रकाशित मिति : असार ७, २०७७ आईतबार


काठमाडौं । चीनको दक्षिण पश्चिमी सहरमा बस्दै आएका एक दम्पत्ति नवजात छोरा बेचेको आरोपमा पक्राउ परेका छन् । लागूऔषधको नशा पूरा गर्न अनलाइनमार्फत भर्खरै जन्मिएको छोरो बेच्ने आमाबाबुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले अनलाईनमार्फत अर्को एक दम्पत्तिलाई भेटेर १० लाख बढी नेपाली रुपैयाँमा बेचेको बताइएको छ । लागूऔषध खरिदबिक्री तथा सेवनको मुद्दा खेपिरहेका उनीहरु प्रहरीको निगारनिमा थिए । शिशु बेचेको थाहा पाउनासाथ प्रहरीले उनीहरुलाई नगद र लागूऔषधसहित पक्राउ गरेको हो ।

(तस्वीर फाइल)


प्रतिक्रिया दिनुहोस्