लगातार वर्षाका कारण दाङको देउखुरी जलमग्न, सर्तकता अपनाउन आग्रह

प्रकाशित मिति : असार ६, २०७७ शनिबार


दाङ । लगातार वर्षको कारण दाङ देउखुरीको विभिन्न क्षेत्रहरू जलमग्न भएको छ । गए राति देखि निरन्तर वर्षाका कारण देउखुरीको विभिन्न वडाहरू जलमग्न भएको छ।

वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न हुनुका साथै पूर्व पश्चिम राजमार्ग आस पासका बस्ती, नदी किनारका बस्तीहरु जलमग्न भएका हुन् । स्थानीय खोलामा बाढी आउँदा लमही गढवा यातायात सेवा प्रभावित भएको छ । लमही गढवा सडक खण्ड स्थित बोदिपुर खोलामा बाढी आएका कारण गाडी सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

बाढीका कारण पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका वडा नम्बर २ केरुनीया निवासी सुनिता चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘घरहरुमा पानी पसेको छ । घर भित्रका सामानहरु जोगाउन मुश्किल परेको छ । देउखुरीमा बाढीको कारण लमही नरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रहरु जलमग्न रहेको छ।

लगातार वर्षाको कारण लमही नगरपालिकाको गुर्जेहवा, बलामपुर, भुरिपुर, सेमरहवा पुरै जलमग्न भएको छ । खेतमा रहेको धानको विउ लगातार आएको वर्षाका कारण बाढिले बगाएको छ । यता लमही नगररपालिका नगर प्रमुख कुलबहादुर केसीले नगरबासीलाई सर्तकता अपनाउन आग्रह गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्