सुशान्त सिंह आत्महत्या प्रकरणः परिवारमाथि गर्न थाल्यो प्रहरीले अनुसन्धान

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : ०९


काठमाडौँ । चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा प्रहरीले परिवारमाथि अनुसन्धान थालेको छ। प्रहरीले सुशान्तका परिवार तथा नजिकका आफन्तसहित ९ जनामाथि सोधपुछ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु फासीका कारण भएको देखिएको छ। तर परिवारले उनको आत्महत्या नभइ हत्या भएको भनेर अनुसन्धान गर्न माग गरेका थियो। पोस्टमार्टम रिपोर्टमा पनि आत्महत्या देखिएपछि प्रहरीले परिवारकै सदस्यबाट अनुसन्धान थालेको हो। प्रहरीले आत्महत्या गर्नुको कारण के हो भन्ने बारेमा गम्भिरताका साथ छानविन गर्न लागेको हो।

उनका परिवारका सदस्यको स्टेटमेन्ट रेकर्ड पनि प्रहरीले लिएको छ। सुशान्तका परिवारले उनको मृत्युबारे अहिलेसम्म कुनै प्रकारको उजुरी दर्ता गराएका छैनन्।

सुरुवाती जाँच रिर्पोटमा उनको मृत्यु कुनै प्रकारको नसालु पदार्थ दिएका कारण भएको बताइएको भए पनि पोस्टमार्टम रिपोर्टमा त्यस्तो केही देखिएको थिएन्।

मुम्बईको बान्द्रास्थित एक्लै बस्दै आएका राजपुत आइतबार झुण्डिएको अवस्थामा फेला परेका थिए।

बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुतले ३४ वर्षको कलिलै उमेर संसार छाडेका हुन। उनी बलिउडका चर्चित कलाकार मानिन्छन्।

के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुले पनि उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनले आमिर खानको ‘पिके’ ‘एमएस धोनी’, ‘काइपे चे’, ‘केदारनाथ’ लगायतका सिनेमाहरूमा अभिनय गरेका छन्। राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।


प्रतिक्रिया दिनुहोस्