भिडियोमा हेर्नुहोस् ३ सैनिकको ज्यान जानेगरी भएको भारत-चीनबीचको झडप

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : ५०


भारत र चीनको लद्दाख बोर्डरमा दुबै देशका सैनिकहरु बिच भिडन्त सुरु भएको छ। भारतीय संचार माध्यम आज तकले जनाए अनुसार भारतिय पक्षका एक अफिसर र दुई जवानले यो भिडन्तमा ज्यान गुमाई सकेका छन ।

गएराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा हिंसात्मक झडप भएको थियो। जसमा केही सेनाले ज्यान गुमाएका थिए। भारततर्फ मृत्यु हुने एक अफिसर र दुई सेना छन्। अहिले परिस्थितिलाई नियन्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको छ,’ भारतीय सेनाको विज्ञप्तिलाई उल्लेख गर्दै एनडिटिभीले लेखेको छ।

अहिले घटनालाई साम्य पार्न भारतिय पक्षनै नरम भएर द्विपक्षीय वार्ता अगाडी बढाइ रहेको बुझिएको छ।नेपाल मामलामा आक्रमक हुने भारतीय मिडिया अहिले शान्तिको कामना गर्न ब्यस्त छन ।


प्रतिक्रिया दिनुहोस्