सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि यूएईस्थित नेपाली दूतावासले मुख खोल्यो

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : २९


काठमाडौँ । एकजना नेपाली श्रमिकले उद्धारका लागि याचना गरिरहेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यूएईमा रहेको नेपाली दूतावासले यस बारेमा मुख खोलेको छ।

दूतावासले भाइरल भएको उक्त भिडियोमा प्रस्तुत धारणा आधिकारिक नभएको जनाएको बताएको छ। विज्ञप्ति जारी गर्दै दूतावासले भिडियोमा व्यक्त गरिएको भनाइ दूतावासको आधिकारिक धारणा नभएको बताएको हो।

राजदूतावासका कर्मचारीको आवाजसहितको भिडियो सामाजिक सञ्जालमा राखिएको पाइएकोले यसप्रति आफ्नो ध्यानाकर्षन भएको पनि दूतावासले जनाएको छ।

तर भिडियोमा सुनिने आवाज दूतावासकै कर्मचारी दस्तुर सिंह बस्नेतको भएको स्रोतको दाबी छ। बस्नेत दूतावासका सुरक्षा गार्ड हुन्। अहिले उनी दूतावासमा बाहिरबाट आउने मानिसका फोन उठाउने गरी फ्रन्टलाइनमा काम गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्