क्वारेन्टिनमै कृष्ण र सीताकाे विहे !

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १ : १३


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण क्वारेन्टिनमा बसिरहएका कृष्ण वली र सीता चौधरीले विवाह गरेका छन् । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टिनमा रहेका उनीहरुले विवाह गरेका कुन् ।

वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर उनीहरुको विवाह गराइदिएका हुन् । क्वारेन्टाइनमा बसेको २२ दिन पछि स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएकै दिन कृष्ण र सीताको विवाह भएको हो।

घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका–५ जवरपुरकी २१ वर्षीया सीता चौधरीबीच जेठ ३२ गते राति विवाह भएको हो ।

भारतको नयाँदिल्लीस्थित एरोसिटीमा सात वर्षदेखि होटेलमा काम गर्दै आएका वली र चौधरीबीच फेसबुकबाट चिनजान भएर डेढ वर्षअघि मायाप्रेम बसेको थियो । आठ महिनाअघि वली नेपाल आएर चौधरीलाई लिएर गएका थिए ।

तर अहिले भने घरपरिवारकै स्वीकृतीपछि विवाह गराइएको वडाध्यक्ष अर्यालले जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्