थप २३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : ३०


काठमाडौँ । गण्डकी प्रदेशमा मंगलबार बिहान थप २३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले मंगलबार बिहान स्याङ्जामा ४, गोरखामा १०, नवलपरासीमा २ तथा बागलुङ र कास्कीमा एक एक जनामा संक्रमण पुष्टि भएको जनाएको छ। यो सँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या २२३ पुगेको छ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको पनि निर्देशनालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्