जहाँ बाघ र मानिस एकसाथ बस्दछन !

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : ४७


दुनियाँमा थुप्रै पत्याउन कठिन हुन घटनाहरु सुन्न पाईन्छ तर यहाँ यस्तो पत्याउन नसकिने कुराको चर्चा गर्न खोजिदैछ जुन देख्न पनि सकिन्छ। हो त्यस्तै अचम्म देखिन्छ बैककको एउटा मन्दिरमा जहाँ बाघ र मानिस एकसाथ बस्दछन ।

यो मन्दिर बैकक देखि १४० किमीटाढा कंचनबरी भन्ने ठाउमा छ जसलाई टाइगर टेम्पलको नामले चिनिन्छ। जहाँ दुनियाँको देरै ठाँउबाट यो अनौठो दृश्य हेर्न मानिसको घुइचो लाग्ने गर्दछ ।


यो अचम्मको मन्दिरको रहस्यचाहिँ रमाइलो छ। जब थाइल्यान्डमा जंगली जनावरको तस्करी अत्यन्तै आम कुरा थियो त्यतिबेला मन्दिरका साधुहरुले जनावरलाई संरक्षण गर्ने निर्णय गरेका थिए। १९९९ मा बौद्ध भिक्षुलाई गाउले हरुले एउटा सानो बाघ दिए जसकी आमालाई सिकारीहरुले मारेका थिए । यसरी मन्दिरमा क्रमश बाघहरु ल्याइन थालियो । यहाँ बाधलाई शान्ती पुर्वक रहन प्रशिक्षण दिइन्छ। त्यही कारण यहाँ बाघ र मानिस साथी जसरी बस्छ्न ।


प्रतिक्रिया दिनुहोस्