वर्षाका बीच गरियो सुशान्तको अन्तिम संस्कार, पानीमा भिजेरै सहभागी बने आफन्त तथा कलाकार

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ०२


नयाँ दिल्ली । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम संस्कार गरिएको छ। मुंबईको विलेपार्लेस्थित पवन हंस घाटमा उनको अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनको अन्तिम संस्कारका क्रममा वर्षा पनि भइरहेको थियो। उनको अन्तिम विदाइका लागि आफन्त तथा साथीहरु पानीमा भिज्दै सहभागी भएका थिए।

कोरोना भाइरसका कारण उनको अन्तिम संस्कारमा धेरै मानिसहरु जम्मा भएका थिएनन्। तर बलिउट तथा टीभी इंडस्ट्रीका धेरै कलाकार उनको अन्तिम संस्कार उपस्थित थिए।

उनीहरुमा श्रद्धा कपुर, राजकुमार राव, डाइरेक्टर अभिषेक कपुर, वरुण शर्मा, कृती सेनन, विवेक ओबरोय लगायत अन्य कलाकारहरु थिए। सुशान्तको परिवार उनको अन्तिम संस्कारमा पटनाबाट मुम्बई गएका थिए।

मुम्बईको बान्द्रास्थित एक्लै बस्दै आएका राजपुत आइतबार झुण्डिएको अवस्थामा फेला परेका थिए।

बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुतले ३४ वर्षको कलिलै उमेर संसार छाडेका हुन। उनी बलिउडका चर्चित कलाकार मानिन्छन्।

के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुले पनि उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको बताइएको छ।

उनले आमिर खानको ‘पिके’ ‘एमएस धोनी’, ‘काइपे चे’, ‘केदारनाथ’ लगायतका सिनेमाहरूमा अभिनय गरेका छन्। राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।


प्रतिक्रिया दिनुहोस्