माइतिघरको प्रदर्शनमा सहभागी भएका विदेशीलाई २ बर्ष नेपाल प्रवेश गर्न निषेध

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ५९


काठमाडौं । सरकारविरूद्धको प्रदर्शनमा शनिवार माइतिघरमा सहभागि भएका ५ विदेशीलाई निकाला गरिने भएको ।

शनिवार माइतिघरमा प्रदर्शनका क्रममा सहभागी भएका ६ जना विदेशीलाई पक्राउ गरिएको थियो। उनीहरुमध्ये १ नर्वेजियन महिलाले नेपाली केटासँग विवाह गरेकाले उनी बाहेक अन्यका लागि २ बर्ष प्रवेश निषेध गरिन लागेको हो।

उनीहरुलाई उडान खुलेपछि निकाला गरिने र दुई वर्षसम्म नेपाल प्रवेश गर्न निषेध गरिने अध्यागमन विभागले जनाएको छ।

पक्राउ पर्नेमा तीन चिनियाँ नागरिक, एक नर्वेजियन, एक अमेरिकी र एक अष्ट्रेलियन नागरिक रहेका छन्।

पक्राउ परेकामध्ये नर्वेजियन नागरिक मरिता लिभरोदलाई ५ हजार जरिवानामात्रै गराइएको छ । बाँकी ५ जनामध्ये तीन चिनियाँ र एक अमेरिकी नागरिकलाई १० हजार जरिवाना र २ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको छ । अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २ वर्ष नेपाल प्रवेश गर्न रोक लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

विदेशी नागरिकलाई नेपालमा कुनै पनि किसिमको राजनीतिक अधिकार छैन।


प्रतिक्रिया दिनुहोस्