तीन दिनको मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १२ : ५२


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वमा सक्रिय मनसुन मध्य क्षेत्रमा प्रवेश गरेको बताएको छ । सोमबार बिहानबाट काठमाडौं उपत्यकासहित हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा जारी छ ।

नेपालमा गएको जुन १२ तारिख अर्थात गएको शुक्रबार दुई दिन ढिलो गरी मनसुन भित्रिएको थियो । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन त्यही सक्रिय थियो । मौसमविद् सजिना शाक्यका अनुसार पश्चिममा पश्चिमी वायूको प्रभावले वर्षा भएको हो भने पूर्व र मध्येमा मनुसुनी वायूको प्रभावले वर्षा भईरहेको हो ।

सोमबार पनि धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान:

असार ०१ गते (सोमबार)

दिउँसोः सुदुर पश्चिम, कर्णाली र प्रदेश ५मा सामान्य बदली रही बाकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ रहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ रहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार ०२ गते (मंगलबार)

दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ रहावाहुरी सहित वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः सुदुर पश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ रहावाहुरी सहित वर्षाको सम्भावना रहेको बाबमति, गण्डकी र प्रदेश ५का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार ०३ गते (बुधबार)

दिउँसोः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ रहावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

रातीः पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ । पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ रहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्