राज्य सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा सरकार

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : १४


काठमाडौँ । दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ।

राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो।

कोभिड-१९ र लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि राजस्व संकलन प्रभावित हुँदा यो स्थिती आएको हो।

राजस्व संकलन प्रभावित भएपछि कर्मचारीका तलबलगायतका चालू खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको अर्थमन्त्री डा। खतिवडाले समेत स्वीकार गरिसकेका छन्। आजको राजधानी दैनिकमा खबर छ।


प्रतिक्रिया दिनुहोस्