पूर्व म्यानेजरले आत्महत्या गरेको हप्तादिनमै सुशान्तको आत्महत्या!

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ५ : १३


काठमाडौं । बलिउड फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ लगायतका चर्चित फिल्मबाट नाम कमाएका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्।

सुशान्तले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा फाँसी लगाएर संसार छाडेका हुन।

उनी ३४ बर्षका मात्रै थिए। उनको निधनको कारणबारे खुल्न सकेको छैन।

भारतीय सञ्चार माध्यमका अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेशनको औषधी खाइरहेका थिए। उनी एक्लै बान्द्रा स्थित घरमा बस्दै आइरहेका थिए।

सुशान्तको निधनले शुभचिन्तकलाई निकै दुःखी बनाएको छ। सबैभन्दा धेरै त उनको परिवालाई पीडादायी बनाएको छ।

कलिलै उमेरमा आत्महत्या गरेका सुशान्तले संयोगवस् उनकी पूर्व म्यानेजर दिशा सालियानले संसार छाडेको एक हप्तापछि मृत्युवरण गरेका हुन।

लगभग एक हप्ता अघि उनकी पूर्वम्यानेजर दिशाले मुम्बईमै आफ्नै घरको १४ औं तलाबाट हाम फालेर आत्महत्या गरेकी थिइन्। उनी २८ बर्षकी मात्रै थिइन्।

उक्त खबर सुनेपछि सुशान्तले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए।

आफ्नी पूर्व म्यानेजरको आत्महत्या गरेको खबर सुनेपछि इस्टाग्रामको स्टोरीमा सुशान्तले लेखेका थिए, ‘यो निकै दुःखद खबर छ। दिशाको परिवार एवं इष्टमित्रप्रति मेरो सान्त्वना। भगवानले तिम्रो आत्मालाई शान्ति दिउन्।’

एक हप्ताअघि अरुलाई संवदेना दिएका सुशान्त आज आफै इहलिला समाप्त पार्न पुगेका छन्।


प्रतिक्रिया दिनुहोस्