अभिनेता सुशान्त सिंहको निधनमा मनिषा कोइरालाले दिइन् यस्तो प्रतिक्रिया

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ४ : १५


काठमाडौं । चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको खबरले उनका प्रशंकहरुलाई निकै दुःखी बनाएको छ।

एक्लै बस्दै आएका सुशान्त सिंह राजपुत मुम्बई स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन।

अभिनेता राजपुतको निधनले बलिउडलाई अर्को ठूलो धक्का लागेको छ।

सेलिब्रेटीहरुले राजपुतले आत्महत्या गरेको खबर सुन्दा स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

अभिनेत्री मनिषा कोइरालालेल ट्विटरमा लेखेकी छिन्, ‘यो सुन्दा म निकै स्तब्ध भएँ.. बिभिन्न विषयमा उनले गर्ने बहस म निकै मन पराउँथेँ.. मेरो हार्दिक समवेदना! ओम शान्ति.,’

यस्तै, बलिउड अभिनेता अजय देवगनले सुशान्तको निधन निकै दुःखद रहेको बताएका छन्।

यस्तै, अभिनेता अक्षय कुमारले पनि आफू स्तब्ध भएको उल्लेख गरेका छन्।

यस्तै,भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकरले अभिनेता राजपुतको निधनले ठूलो क्षती भएको उल्लेख गरेका छन्।

अनुष्का शर्माले लेखिकी छिन्,’सुशान्त तपाईं धेरै युवा र आशलाग्दा हुनुहुन्थ्यो। यति चाँडै छाडेर जानुभयो..। म निकै दु:खी र हैरान यसकारण छु की हामी यस्तो माहोलमा छौं जहा तपाईका लागि कुनै समाधान र मद्दत गर्न सकेनौं। तपाईको आत्मा शान्तिमा रहोस्।’


प्रतिक्रिया दिनुहोस्