बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  २ : ५५


काठमाडौं । चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्।

मुम्बईको बान्द्रास्थित एक्लै बस्दै आएका राजपुत झुण्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुतले ३४ वर्षको कलिलै उमेर संसार छाडेका हुन।

उनी बलिउडका चर्चित कलाकार मानिन्छन्।

के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुले पनि उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनले आमिर खानको ‘पिके’ ‘एमएस धोनी’, ‘काइपे चे’, ‘केदारनाथ’ लगायतका सिनेमाहरूमा अभिनय गरेका छन्।

राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

अभिनेता अक्षयकुमारले यो समाचारले आफू स्तब्ध बनेको ट्विटमा उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्