असार २१ गतेसम्म राष्ट्रिय र अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  २ : ४३


काठमाडौं । सरकारले असार २१ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि बन्द रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय हवार्य उडान असार १६ गतेसम्म बन्द गर्ने निर्णय यसअघि भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सबै उडान बन्द गर्दै आइरहेको छ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई चार्टर उडानबाट स्वदेश फर्काइरहेको छ ।

पछिल्ले समय नेपाल कोरोना भाइरस संक्रमित बढिरहेकाले सरकारले आशिंक रुपमा लकडाउन खुल्ला गरेको छ । जोर बिजोर प्रणाली अपनाएर सरकारले निजी सवारी साधन चल्न दिने र व्यापार व्यावसाय चल्न दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्