नेपाल-भारत सीमा विवाद : बिजेपी नेता भन्छन्, ‘हाम्रो विदेश नीति फेल भयो’

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १ : ५६


नयाँ दिल्ली । नेपाल-भारतबीचको सीमा विवादमा भारतीय जनता पार्टी (बीजेपी)का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले भारतीय विदेश नीतिको असफलता औंल्याएका छन्।

नेपालले नयाँ नक्सा संसदबाट पारित गरेसँग नेता सुब्रमण्यमले ट्विट मार्फत विदेश नीतिमाथि पुर्नविचार गरिनुपर्नेमा जोड दिएका छन्।

सुब्रमण्यम स्वामीले भनेका छन् ‘भारतले आफ्नो विदेश नीतिमाथि पुर्नविचार गर्नु आवश्यक छ’।

उनले ट्वीटमा लेखेका छन् ‘नेपालले भारतीय भूमीबारे कसरी सोच्न सक्छ? उनीहरुको भावनामा के ले यति धेरै चोट पुर्यायो र भारतसँग सम्बन्ध तोड्न चाहन्छन्? के यो हाम्रो असफलता होईन? विदेश नीतिमाथि पुर्नविचार गर्नु आवश्यक छ।’

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूमी आफ्नो नक्सामा समेट्दै नयाँ नक्सा पास गरेपछि नेता सुब्रमण्यमको यस्तो प्रतिक्रिया आएको हो।


प्रतिक्रिया दिनुहोस्