हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ११ : १०


काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ स्थिर छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८८ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि तेजावी सुन यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्