जापानमा ट्रकको ठक्करबाट एक नेपालीको मृत्यु

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ९ : ५९


टोकियो । जापानमा मिनी ट्रकको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ। कामबाट कोठामा फर्किदै गरेकी नेपाली चेली सुजाता बास्तोलाको मिनी ट्रकको ठक्करबाट मृत्यु भएको हो।

जापानको योक्काईचीमा आज बिहान ७ बजे (जापानी समयअनुसार) मिनी ट्रकको ठक्करबाट बास्तोला घाइते भएकी थिइन्। उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको पारिवार निकट स्रोतले जनाएको छ।

नेपालमा पोखरा स्थायी घर भएकी उनी छ महिना अघि डिपेण्डेन्ट भीषामा जापान गएकी थिइन्।

हाल बास्तोलाको शव योक्काईची नगरपालिका अस्पतालमा राखिएको र पोष्ट मार्टमपछि अन्तिम संस्कार गरिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्