कोरोना भाइरसबाट बच्न क्लोरिन डायअक्साइड खान सल्लाह दिने डाक्टर बर्खास्त

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ८ : ०७


काठमाडौँ । कोरोना भाइरसबाट बच्न मानिसलाई क्लोरिन डायअक्साइड खाने सल्लाह दिने डाक्टर पदबाट बर्खास्त भएका छन्।

यो घटना पेरुको हो। पेरुमा एक डाक्टरले मानिसहरुलाई कोरोनाभाइरसबाट बच्नका लागि क्लोरिन डायअक्साइड खाने सल्लाह दिएपछि उनलाई पदबाट बर्खास्त गरिएको स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

डाक्टर अमिलकार वांकावारी कोरोनाभाइरस महामारीसँग जुध्नका लागि बनेको दक्षिणी प्रान्त आयाइचोको रेस्पोन्स टिमका प्रमुख थिए।

क्लोरिन डायअक्साइड ब्लिच जस्तो एक प्रकारको किटनाशक हो । जसको प्रयोग उद्योग, कलकारखानामा गरिन्छ। यो केमिकल मानिसका लागि घातक प्रमाणित हुनसक्छ।

डाक्टर वांकावारीले जो व्यक्तिमा कोरोनाभाइरसको लक्षण छ, उनीहरुलाई यो केमिकल दिनुपर्ने बताएका थिए। एक पत्रकार सम्मलेनमा उनले कोभिड-१९ का बिरामीमा क्लोरिन डायअक्साइडको परीक्षण जारी रहेको र उनीहरुको स्वास्थ्यमा सुधार देखिएको प्रतिक्रिया दिएका थिए।


प्रतिक्रिया दिनुहोस्