संविधान संशोधनको खुशीयालीमा अनेरास्ववियु सडकमा

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ७ : २६


काठमाडौं । प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ।

निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ।

योसँगै उपत्यकाको माइतिघर मण्डला लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका हुन्।

मण्डलामा दीप प्रज्वलन गर्ने कार्यक्रम आयोजना गरिएको भएपनि पानी परेको कारण रोकिएको छ।

प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस्