को को हुन् संविधान संशोधनमा अनुपस्थित हुने सांसदहरु ?

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ४६


काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको नयाँ नक्सा भएको निशान छापका लागि भएको नेपालको संविधान संशोधनमा १२ जना सांसदहरु अनुपस्थित रहनुभएको छ । राष्ट्रिय हितका लागि ऐतिहासिक राष्ट्रिय एकताका साथ संसदमा उपस्थित २५८ सांसदहरुको एकमतले संविधान संशोधन प्रस्ताव पारित हुँदा १२ जना सांसदहरु भने अनुपस्थित रहनुभयो ।

अनुपस्थित रहने सांसदहरु
१. अमृतादेवी अग्रहरी
२. गोपालबहादुर बम
३. दुलारीदेवी खत्वेनी
४. धनबहादुर बुढा
५. नागेन्द्रकुमार चौधरी
६. प्रमोद साह
७. शिवकुमार मण्डल
८. सरिता गिरी
९. सूर्यनारायणण यादव
१०. सूर्यबहादुर केसी
११. हरिबोल गजुरेल
१२. ज्ञानकुमारी छन्त्याल

कूल २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यहरुमध्य ४ जना संसद बैठकमा भाग लिन नपाउनेहरु रहुनभएको थियो । यसमा विजयकुमार गच्छदार, मो. आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरी हुनुहुन्छ । यता, प्रतिनिधिसभा सदस्यकै रुपमा संसद प्रवेश गर्नुभएका सभामुखलाई मत दिने अधिकार हुँदैन ।

प्रतिनिधि सभामा कुल सांसद २७५ रहनुभएकोमा २५८ जनाको उपस्थिति रहेको थियो । तीमध्ये प्रस्तावको पक्षमा २५८ जना सबैले मतदान गर्नुभएको थियो । संविधान संशोधनका लागि आवश्यक दुई तिहाईका लागि १९१ जना हुनुपर्ने प्रावधान रहेको छ । प्रस्तावको विपक्षमा ० र मत दिन्न भन्ने पनि ० रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्