क्वारेन्टिनमा बसेका युवकको मृत्युु

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ४३


काठमाडौं । प्यूठानको माण्डवी गाउँपालिका– ४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको आज बिहान मृत्यु भएको छ।

उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो।

रोजगारीका लागि भारत गएका युवक केही दिनअघि भारतबाट फर्किएर दाङको बङ्गलाचुली गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए।

क्वारेन्टिनमा मृतकसँगै रहेका १३१ जनाको पिसिआरका लागि स्वाव सङ्कलन गरी पठाइएको थियो।

यसमध्ये आज ५२ जनाको रिपोर्ट आए पनि मृतक युवकको भने रिपोर्ट नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त जिसीले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस्