बिष्णु पौडेलले गरे महाकाली सन्धीको बचाउ

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ४ : ५२


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धीको बचाउ गर्नुभएको छ।

नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धीमा प्रयोग भएका शब्दहरुको गलत अर्थ लगाइएको उहाँले बताउनुभयो।

महाकाली नदीको अधिकांश भाग सीमाना भनेर सुगौली सन्धीभन्दा झन राष्ट्रघाती महाकाली सन्धी भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले त्यहाँ प्रयोग भएको शब्दको गलत प्रयोग भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘महाकाली सन्धीका बेलामा जुन खालको पदावलिको प्रयोग भएको छ । महाकाली नदिको अधिकांश भाग सीमा भनेर जसरी शब्द प्रयोग भएको छ । महाकाली नदिपूर्व भारतको भूभाग हो भन्ने होइन् महाकाली पश्चिम पनि नेपालको भूभाग छ भन्ने अंकित गर्दछ भन्ने हो । यसमा कुनै पनि प्रकारको दुविधा राख्नुहुदैन। त्यहाँ उल्लेख भएको कुरा अन्यथा अर्थ लगाउनु वान्छनिय हुँदैन्।’’

महासचिवा पौडेलले नयाँ नक्सा जारी गरी संविधान संशोधन गर्ने नेपालको निर्णय कुनै पनि देशका विरुद्ध नभएको बताउनुभयो।

भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ताको पक्षमा उभिदा छिमेकीहरुको दिल दुःख्छ भन्ने लघुतावासमा नअल्झिन उहाँले आग्रह गर्नुभयो।


प्रतिक्रिया दिनुहोस्