प्रचण्डको अभिव्यक्तिप्रति लिङदेनको आपत्ति

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ४ : ४७


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ।

प्रतिनिधिसभा बैठकमा प्रचण्डले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउँदैछौ भन्दै दिएको अभिव्यक्ति प्रति उहाँले आपत्ति जनाउनुभएको हो।

उहाँले भन्नुभयो, ‘‘जसले यो देश निर्माण गर्यो। जुन संस्थाले नेपाली राष्ट्र, नाम र पहिचान हामीलाई दियो। त्यो संस्थाले भूगोल बेच्यो, गुमायो र त्यो हामीले फिर्ता गर्दै छौँ भनेर धक लगाउने दिन होइन त्यसमा मेरो असहमति छ।’’

संविधानका विभिन्न कुराहरुमा आफ्नो पार्टीको असहमति रहेपनि राष्ट्रियताको पक्षमा सधै रहेको बताउनुभयो । निशान छाप परिवर्तका लागि मात्रै सरकारसँग नभएर भूमि फिर्ता नहुँदासम्म सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘दुनियाँलाई थाहा छ यो संविधानमा राप्रपाको सबैभन्दा ठूलो असहमति छ। तर अहिले पेश गरेको प्रस्ताव कुनै दल विशेषको प्रस्ताव नभइ हामी सबैको साझा र मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रियता सँग सम्बन्धित विषय हो। सबैभन्दा माथि देश छ। देशभन्दा माथि अरु केही छैन्। आज यो राष्ट्रियतासँग सम्बन्धित विषयमा राप्रपाको कुनै शर्त छैन् निशर्त समर्थन छ।’’


प्रतिक्रिया दिनुहोस्