बन्दाबन्दीमा अनलाइन पठनपाठन : धरातलीय यतार्थता

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ४ : २४


–सुमन भट्टराई, राजन सुवेदी, प्राध्यापक बिनोदप्रसाद हेज्यू

‘‘………पुरानो डेस्कटप कम्प्युटर २ छोराहरु र श्रीमतीलाइ डेरामा छोडेर, भएको एउटा ल्यापटप लिएर ८ महिना अगाडि म पढ्न विदेशिएँ । परीक्षा सकेर हजुरबुवा आमा भेट्न गाउँ गएका बच्चाहरु बन्दाबन्दीले उतै अड्किए । स्कूलले अनलाइन कक्षा सञ्चालन गर्ने भन्दैछ । गाउँमा न किताब न इन्टरनेट न कम्यूटर न निरन्तरको विद्युत आपूर्ति । कसरी सम्भव होला ती लालाबालाको पढ्ने आकाङ्क्षा ? म उमेर खाको त यति तनावमा छु । ती ९ ननाघेका बिचराहरुको मानसपटल कसरी सम्हालिएको होला ? पतिको अनुपस्थितिमा सम्पूर्ण जिम्मा लिएकी मेरी पियारी बच्चालाई पढाइमा सहभागी गराउन नसक्दा कति विक्षिप्त होलिन्… ?’’ कोभिड– १९ ले निम्त्याएको यो एक प्रतिनिधिको क्रन्दन हो । यस्ता फेहरिस्त केलाएर साध्य छैन ।

विश्वब्यापी अर्थतन्त्रलाई नै हलचल बनाउने गरी महामारीको रुपमा पैmलिएको कोरोना (ऋइख्क्ष्म् ज्ञढ)ले शैक्षिक क्षेत्रलाई पनि अस्तव्यस्त पारेको छ । संक्रमण नपैmलियोस् भनेर गरिएको लकडाउन (बन्दाबन्दी) ३ महिना पुग्दैछ । अझै लकडाउन कति लम्बिने हो यकिन छैन । पठनपाठन मात्र होइन परीक्षा नै ठप्प भयो । लामो समयसम्म पठनपाठन र परीक्षा रोकिँदा बालबालिका तथा अभिभावक बढी प्रताडित छन् । कथम्कदाचित लकडाउन खुलिहाले पनि शिक्षण संस्थामा पठनपाठन सुरु गर्न त्यति सहज छैन । संक्रमण सम्भावनाका कारण लकडाउन हटे तापनि कक्षा र परीक्षा सुचारु गर्नु जोखिमपूर्ण हुने हुँदा अभैm केही समय पठनपाठन र परीक्षा अन्यौलपूर्ण रहने निश्चित छ । अवस्था र जोखिम मूल्याङ्कन गर्दा उस्तै परे शैक्षिकशत्र नै फेरिने (लम्बिने) सम्भावना बढ्दै गएको छ । यस परीप्रेक्षमा शैक्षिक क्षेत्रलाई बिशेष महत्वका साथ हेर्ने र पठनपाठनको लागि उच्चतम उपायको खोजी गर्नु अत्यावश्यक हुन्छ । सम्भावित संक्रमण छल्न, अप्रत्यक्ष रुपबाट पठनपाठन गर्ने वा शैक्षिक क्षेत्र लम्ब्याउनु पर्ने देखिन्छ । अनुकुलन भन्दै विश्वविद्यालय तथा विद्यालयहरुले अनलाइन (डिजिटल प्रविधि) परोक्ष माध्यममार्पmत कक्षा सञ्चालन गर्ने भनेका छन् । कतिपयले शुरु गरिसकेका छन् । कोही शुरु गर्ने तरखरमा छन् भने कोही अभैm अन्यौलमा छन् । स्रोतसाधनको उपलब्धता, औल्याइएको विधिमा शिक्षक र विद्यार्र्थीहरुको पहुँच र ज्ञान र सीप, परीक्षा पद्धतिहरुको सवाललाई हेर्दा यथोचित मूल्याङ्कनबिना नै अबलम्बन गर्न खोजिएको प्रष्ट हुन्छ । शिक्षण संस्था (अध्यापन गर्ने निकाय)हरु साधनस्रोतले पूर्ण छन् र तत् विधिमा शिक्षक र विद्यार्थीहरुको पहुँच र ज्ञानसीप यथोचित रहेको भैm गरिएको छ । तर त्यस्तो छैन । हाम्रा निर्णय तहमा रहेकाहरु, आफ्ना मातहतका संस्थाहरु पठनपाठनका विषयहरु र त्यसका गाम्भीर्यता, शिक्षक र विद्यार्थीहरुको अवस्थाबारे अनभिज्ञ छन् भन्ने चाहिँ प्रस्ट हुन्छ । राजधानी (शहरकेन्द्रित) केही विषय, केही संस्थाहरु र केही विद्यार्थीहरुलाई मात्र हेरेर र पहुँचवालाहरुलाई मध्यनजर गरी, हतारिएर केही गर्न खोजेको जस्तो देखिन्छ । विधिका सबल, दुर्बल, अवसर र चुनौति तथा धरातलीय यतार्थता मनन गरिएको छैन । शहरबजारको सम्भावनालाई हेरेर यो विधिको अनुशरणले सर्वसाधारण र दूरदराजका विद्यार्थीको अवस्थालाई भने नजरअन्दाज गरिएको छ । हुन त लकडाउन सँगसँगै, विद्यार्थीहरु स्वयंले जूम वा बेबिनार (धभदष्लबच) मार्पmत सेमिनार कक्षा सञ्चालन नगरेका होइनन् । वर्तमान परिपेक्षमा, यो बिधि अपनाएर पठनपाठन गर्नु गराउनु आफैमा राम्रो मात्र होइन, एउटा विकल्प र इन्नोभेटिभ लाग्दछ । तर पनि यतार्थताको निम्ति यो विधि हाम्रो हकमा के कति अनुकूल र प्रतिकुल छ ? त्यसको चिरफार आवश्यक छ ।

१. बिषयवस्तु :
विद्यालय र विश्वविद्यालयमा भाषागत विषय मात्र होइन, प्राविधिक तथा प्रयोगात्मक विषयहरुको अध्यापन हुन्छ । अझ प्राविधिक विषय भन्नासाथ अधिकांश प्रयोगात्मक विषय हुञ्छन् । हरेक पाठहरु प्रयोगात्मक क्रियाकलापसँग सम्बन्धित हुन्छन् । प्रयोगात्मक विषयहरु परोक्ष विधिमार्पmत अध्यापन गर्नु गराउनु निकै नै चुनौतीपूर्ण छ । प्रभावकारिताको दृष्टिकोणबाट यो विधि निकै नै संशयपूर्ण छ । गणित, तथ्याङ्कशास्त्र, विज्ञान (हिसाब हुने) विषयहरु यो विधिद्वारा हालको संरचनामा अध्यापन गराउन असम्भव प्रायः छ । हुन त प्रयोगात्मक विषयहरुलाई पढाउन अनिवार्य भनिएको छैन । केही विषय छोडेर केही पढाउने भन्ने पनि त्यति औचित्यपूर्ण हुँदैन ।

२. स्रोतसाधनः
डिजिटल प्रविधिमार्पmत अध्यापनको लागि द्रूतगतिको कम्प्युटर, निरन्तरको विद्युत आपूर्ति, गुणस्तरीय इन्टरनेट सेवा, अनुकूल स्थान (कोठा) आवश्यक पर्छ । औंल्याइएको आवश्यकताहरु पूर्ण रहेको शिक्षण संस्था नेपालमा शायदै भेटिएला, केही अपवाद बाहेक । अध्यापन तरिका र स्रोतसाधन हेर्दा पोखराको वन क्याम्पस नेपालमा एक नमूना शिक्षण संस्था हो । जहाँ बर्षौंदेखि डिजिटल प्रविधिमार्पmत प्रत्यक्षरुपबाट अध्यापन गरिँदै आइरहिएको छ । तर इन्टरनेट (परोक्ष) माध्यमबाट गरिने अध्यापन यस संस्थाको लागी समेत नया हो । प्राध्यापकहरुका लागि ब्यक्तिगत कम्प्युटर प्रयोग गर्दै आइरहेका छन् जसमध्य कतिका द्रूतगतिका छैनन् । तर क्याम्पसको प्रयोगशालाका कम्प्युटर प्रयोग गर्न नसकिने भने होइन । तर, एकैपटक सबै प्राध्यापक प्रयोगशालामा आउने सम्भावना न्यून हुन्छ । यहाँ जस्तो प्रयोगशाला सबै संस्थाहरुमा शायदै होलान् । हालको मौसममा पोखरामा दैनिक ५ पटक भन्दा बढी विद्युत आपूर्ति वन्द हुने सामान्य हो । शायद अन्यत्र पनि त्यस्तै होला । ‘‘… एक प्राध्यापकले पढाउँदै गर्दा विद्युत आपूर्ति बन्द भयो, पछि सम्पर्क नै हुन सकेन, कक्षा बिथोलियो । अर्का प्राध्यापकसँग कक्षा लिँदै गर्दाको समय ३ पटक विद्युत आपूर्ति बन्द भएको अनुभव छ’’, उहाँहरु भन्नुहुन्छ, ‘‘पोखरामा नै यस्तो छ । अन्यत्र कस्तो होला ? विद्यार्थीको हकमा के होला ? पदाधिकारीहरुकै विशेष बैठक विद्युत आपूर्तिका कारण ३ पटक सार्नु मात्र परेन स्थान नै पटकपटक फेर्नु पर्यो । इन्टरनेट सेवा प्रदायकहरुले विद्यार्थीहरुलाइ प्रदान गरेको सहुलियत डाटा प्याकेज पनि आपैmमा कति प्रभावकारी र सुलभ छ भन्ने प्रस्न त छँदैछ ।’’ एक प्राध्यापकले लिएको डाटा प्याकेजले काम नगरेपछि महत्वपूर्ण शैक्षिक मिटिङबाट बाहिरिनु परेको अनुभव सुनाउँछन् । ‘‘विद्यार्थीहरुलाई डाटाको लागि आर्थिक सहयोग गर्दा समेत विद्यार्थीको सन्तोषजनक सहभागिता भेटिँदैन’’, अर्को प्राध्यापक गुनासो गर्छन् ।

३. शिक्षकः
स्कूलका शिक्षक पूर्णतः र कलेजका अधिकांश शिक्षकहरु हालसम्म पनि चक (मार्कर) र कालो। सेतोपाटी प्रयोग गर्दछन् । लिपिबद्ध कागजमा लेखिएका शिक्षण सामग्रीको प्रयोग गर्छन् । तिनलाई आफ्ना शिक्षण सामग्रीलाई विद्युतीयमा रुपान्तरण गर्न समय लाग्छ । कतिपय असमर्थ छन् । कैयन् प्राध्यापकहरु कम्प्युटरको प्रयोग नै नगर्ने पनि छन् । विद्युतीय विधिमार्पmत अध्यापन गर्न, कम्प्युटरबारे र सम्बन्धित सफ्टवेरसँग परिचित एवं त्यसलाई सही तवरले प्रयोग गर्न नसक्ने शिक्षकको सूची लामै हुन्छ । त्यसैले पूर्वतयारी बिनाको अध्यापन न त प्रभावकारी हुन्छ न त तनावमुक्त । केवल हुन्छ त साधनस्रोत र समयको खर्च मात्र ।

४. विद्यार्थी :
सबैभन्दा जटिल कुरो भनेको विद्यार्थीसँगको सम्बन्ध हो । औंल्याइएको प्रविधिबाट पठनपाठनको निम्ति, अत्यावश्यकीय वस्तु कम्प्युटर वा स्मार्ट मोबाइल फोनको उपलब्धता र इन्टरनेट सेवासँगको पहुँच हो । कम्प्युटर वा स्मार्ट मोबाइल फोन उपलब्ध भएपनि इन्टरनेट सेवा (गुणस्तरीय)सँगको पहुँच भएन भने त्यो निरर्थक हुञ्छ । दूरदराजदेखि अध्ययन गर्न आउने वा दूरदराजमा अध्ययन गर्ने विद्यार्थीहरु इन्टरनेटको पहुँचमा हुँदैनन् । भइहाले पनि सेवा गुणस्तरीय हुँदैन । महङ्गो (आर्थिक भार) पर्दछ । सबै विद्यार्थी कम्प्युटर वा स्मार्ट मोबाइल फोन किन्ने आर्थिक सामथ्र्य भएका पनि हुँदैनन् । त्यसैले आर्थिकरुपमा सम्पन्न र शहरकेन्द्रित विद्यार्थी लक्षित यो विधिलाई पूर्णतः लागु गर्न सकिँदैन । यसले आर्थिकरुपमा असमर्थलाई झन पीडा थपिदिएको छ । सामान्यतया एक घरमा एक कम्प्युटर होला तर पढ्नुपर्ने सदस्य संख्या धेरै हुन्छ । जसले उत्साहभन्दा नैराश्यता थपेको छ । पारिवारिक अवस्था र स्रोतसाधनको बारेको क्रन्दन शुरुवातमा नै बेलिबिस्तार लगाइसक्यौं ।

वन क्याम्पस पोखराले यो विधि अपनाएर कक्षा सञ्चालनको सम्भाव्यताबारे इमेलमार्फत एक सर्भेक्षण (स्नातकोत्तर तहका ५८ विद्यार्थीहरु)सँग गर्याे । जहाँ अधिकांश विद्यार्थीहरु सम्पर्कमा आए । पठनपाठनमा सहभागी हुनसक्ने बताए । तर पठनपाठनको दौरान कहिले एक चौथाई विद्यार्थीको सहभागिता नदेखिएको प्राध्यापक गुनासो पोख्छन् । यसको मतलव सहभागी हुनसक्ने बताए पनि प्राविधिक एवं स्रोतसाधनका कारण असमर्थ हुन्छन् । स्नातक तहको लागि गरिएको सम्पर्कमा, आधा जतिको हाराहारीमा सहभागिताको सम्भावना देखियो । यही विषय पढाई हुने एक निजी कलेज (सरकारीको दाजोमा महङ्गो शुल्क भएको) मा यो विधि अनुकूल भेटियो । कलेजका अनुसार स्नातकोत्तर एवं स्नातक तह दुबैमा प्रायः सबैको सहभागिताको सम्भावना रहेको छ । निष्कर्षमा निजीका प्रायः सबै विद्यार्थी उपत्यका र सुगम क्षेत्रका छन्, जसका कारण पूर्णतः सम्भव जस्तै छ । यो विधि निजी शिक्षण संस्था र शहरकेन्द्रित विद्यार्थीहरुको हकमा अनुकूल देखियो । अध्ययन संस्थानका सरकारी क्याम्पसहरुमा पनि धेरैजसो शहर तथा सदरमुकाममा (निजीको दाँजोमा भने कम) बस्ने छन् । सबैसँग कम्प्युटर तथा स्मार्ट मोबाइल फोन छन् । गुणस्तरीय इन्टरनेट सेवा भने कमैसँग छ । सुविधामा रहेका विद्यार्थीहरु त सीमित मात्रामा पठनपाठनमा सहभागी हुन सक्दा रहेछन् भने अन्य शिक्षण संस्था स्कूलका, दूरदराजका, कम्प्युटर र स्मार्ट मोबाइल फोन नभएकाहरुको अवस्था के होला ? सजिलै आँकलन गर्न सकिन्छ ।

एक घरमा एक कम्प्युटर होला । त्यो पनि अभिभावकको कार्यालय र काममा प्रयोग हुन्छ । स्कूल पढ्ने बच्चाहरुको लागि व्यक्तिपिच्छे कम्प्युटर कसैको घरमा हुँदैन तर आवश्यक पर्ने देखिएको छ । त्यसैले भारतमा जस्तो असहाय विद्यार्थीको लागि कम्प्युटर वितरण वा सहुलियतका कार्यक्रम मनासिव देखिन्छ । अबको जमाना डिजिटलको हो । त्यसैले द्रूतगति एवं सुलभ इन्टरनेटमा सरकारले जोड दिनु आवश्यक छ । हरेक शिक्षण संस्था विशेष गरेर कलेज तहमा मास्टर डिजिटल रुमको व्यवस्था आवश्यक छ ।

सरकारको शुल्क नलिनु भन्ने आदेशसँगै धेरै स्कूलहरु शिक्षक कर्मचारीलाई तलब खुवाउन पनि कक्षा सञ्चालन गर्नुपर्ने बाध्यतामा छन् । जसले विद्यार्थीहरुलाई अनावश्यक पीडा थपेको छ । त्यसैले असहाय परिवारलाई छुट र सक्नेलाई तिर्न अनुरोध गरी शिक्षक कर्मचारीलाई तलवको सुनिश्चितता गर्नुपर्दछ । परिवार उनीहरुमा नै आश्रित रहेको हुन्छ । स्कूल तहका विद्यार्थीलाई अनलाइन कक्षाको नाममा तनाव दिनुभन्दा कक्षा सञ्चालन नगराउनु नै वेस हुन्छ । २–४ महिना शैक्षिकशत्र धकेलिँदा र कोर्ष नसकिँदा त्यति असर पर्दैन, जति हाल गर्ने भनिएको अनलाइन कक्षाले विद्यार्थीलाई तनाब दिन्छ । साना बच्चाहरुको हकमा, बरु अभिभावकहरुलाई घरमा सिर्जनात्मक कार्य (जस्तै चित्रकला, भान्छा व्यवस्थापन) सिकाउन सकिन्छ । कक्षा एघारमा प्रायः सबै शिक्षण संस्थाले प्रवेश परीक्षा लिने हुँदा एसइइ परीक्षाको हकमा सबैलाई उत्तीर्ण गराइदिँदा पनि फरक पर्दैन । कलेजको हकमा विगतका वर्षको रेकर्डबाट अंकभार वा मूल्याङ्कन गर्दा फरक पर्दैन वा केही समयपश्चात सम्भावित प्रश्न (४ गुणा धेरै) हरुको सँगालो दिएर सोहीमध्यबाट परीक्षा लिने गर्दा पनि उपयुक्त होला जसले शैक्षिकशत्र मिलान गर्न सहज बनाउँछ । सिंहावलोकनमा आधारित कृति लेख्न लगाएर पनि मूल्याङ्कन गर्न सकिन्छ । यस तवरबाट मूल्याङ्कन गर्ने अभ्यास अन्य देशमा पनि रहिआएको छ । सम्वेदनशील तथा प्राविधिक विषयहरु जुन प्रत्यक्ष पढाउनु पर्ने विषय (जस्तैः चिकित्सा) लाई परोक्ष विधि नअपनाएकै वेस हुन्छ । बरु शैक्षिकशत्र लम्बिएर फरक पर्दैन । यस परिस्थितिमा सम्वन्धित निकायले तत्काल आवश्यक तयारी गरेर हाल देखिएको शैक्षिक अन्योलता, भावी पुस्तामा पर्ने असर कम गर्ने तथा सवेै वर्गमा शैक्षिक पहुँच बढाउने विषयमा योजनावद्धरुपमा कार्य गर्न आवश्यक छ । सरकारले इन्टरनेटमा जनताको पहुँच बढेको र अधिकांश क्षेत्रमा पैmलिएको भन्ने विषयमा सरकारलाई सोच्ने अवसर दिएको छ । त्यसैले समयसापेक्ष परिवर्तनको लागि यो महामारी एक सिकाइको अवसर हो । आशा छ, भोलिका दिनमा सञ्चार क्षेत्रको थप विकास हुनेछ र डिजिटल प्रविधिले प्राथमिकता पाउने छ । हामीले कठिन अवस्था (जस्तैः बन्दहड्ताल, महामारी) सँग सहजरुपमा जुध्नसक्ने हुनेछौं । हाम्रा बालबालिकाले पढ्न पाउनेछन् ।

लेखकत्रय प्राध्यापन पेशामा हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्