सरिता गिरी भन्छिन्, ‘अब फाइटमा उत्रिए’

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ३ : १९


काठमाडौं । संसद बैठक छाडेर बाहिरिएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफूमाथि भइरहेका व्यवहारविरुद्ध ‘फाइट’मा उत्रिने चेतावनी दिएकी छिन।

प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको बिधेयक खारेज हुनुपर्ने भन्दै दर्ता गराएको संशोधन खारेज भएपछि गिरी बीच बैठकमै बाहिरिएकी थिइन्।

उक्त संशोधनलाई शनिबार संसदमा सभामुख अग्निप्रसाद सापकोटाले संशोधनसम्बन्धी शर्त पुरा नभएकोले भन्दै अस्वीकृत गरेका थिए।

संसद भवनबाट बाहिरिनुको कारण बताउँदै गिरीले भनिन्, ‘१८१६ को संन्धीअनुसार नेपालको निशान छाप परिवर्तन भइरहेको छ भने त्यही सन्धीअनुसार तराई मधेशमा भएको विभेदलाई पनि उठाउनुपर्छ। यो दुबै कुरा सँगसँगै लग्नुपर्छ भन्ने मेरो कुरालाई सत्तासिन दलले विरोध गरेको छ। सभामुख जीले अस्वीकृत गरेपछि विरोध जनाएर निस्केको छु।’

यस्तै गिरीले विगत दुईहप्ता देखि आफूले चारैतिरबाट गाली सुनिरहेको प्रतिक्रिया दिइन।

‘सीमालाई राष्ट्रियताको सवालसँग जोडेर हामी प्रश्न सोध्ने मान्छेमाथि प्रहार भइरहेको छ। यो चाँही गलत राजनीति हो, मैले चारैतिर गाली सुनिरहेको छु। दुई हप्तादेखि जुन खालको फोहोरी गालीगलौच भइरहेको छ। मसँग दुईवटामात्रै बाटो थियो। महिलाका रुपमा भन्दा या त म आत्महत्या गर्नुपर्छ। या त मैले युद्धको मैदानमा उत्रिनुपर्छ। म फाइट गर्न उत्रिए।’ उनले भनिन्।


प्रतिक्रिया दिनुहोस्