सरिता गिरीको संशोधन खारेज, सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गर्न समाजवादीको ह्वीप

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १ : १३


काठमाडौं । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ।

संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । यस्तै, सांसद सरिता गिरीलाई संशोधनको सूचनाका फिर्ता लिन निर्देशन दिएको हो।

यसैबीच, सांसद गिरीले संविधान संसोधन विधेयक विरुद्ध गिरीले दर्ता गरेको संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका छन्।

गिरीले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’ रहेको भन्दै सभामुख सापकोटाले संशोधन अस्वीकृत गर्ने निर्णय गरेका हुन्।

संशोधन अस्वीकृत भएसँगै गिरीको संशोधनमाथि सदनमा छलफल र मतदान हुनेछैन।

संसद सचिवालयका महासचिव भरतराज गौतमले निकालेको कार्यसूचिमा गिरीको संशोधन पेश गर्ने उल्लेख छैन।

संघीय संसद प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दैछ । उक्त बैठकले संविधान संशोधन विधेयकलाई पास गर्ने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस्