कोरोना महामारीको सापेक्षमा खर्च गरिएको १० अर्ब रकम निकै कम : मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ६ : ४३


काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि गरेको १० अर्बको खर्च विवरण पारदर्शी हुनुपर्नेभन्दै अहिले देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटार लगायत देशका विभिन्न शहरमा गैरराजनीतिक दलका युवाहरु सरकार विरुद्ध सडकमा उत्रेका हुन।

प्रदर्शनकारीहरुले खर्च विवरण सार्वजनिक हुनुपर्ने, एक घर एक पीसीआर परीक्षण गर्ने लगायतका माग राखेका छन्।

सरकार विरुद्ध प्रदर्शन चर्किदै गर्दा प्रदेश नम्बर छ का मुख्यमन्त्री शंकर पाखेरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘खर्च पारदर्शी र विधिसम्मत हुनु पर्दछ । त्यसमा कुनै छुट हुन सक्तैन । संकटका समयमा सामान्य अवस्थाको जस्तो प्रकृयामा अल्झने अवस्था पनि छैन । त्यसैले खर्च गर्नेहरु जिम्मेवार बन्ने र वाचडगको भूमिकामा रहेकाले धैर्य गर्ने समय हो यो ।’ अहिलेसम्म जति खर्च भएको छ, त्यो संकटको सापेक्षतामा निकै कम भएको उनको ठहर छ।


प्रतिक्रिया दिनुहोस्