नेपाल-भारत सीमामा झडप : मृतक युवकका बुवा भन्छन्, ‘कामका लागि नेपाल जान खोज्दा गोली चल्यो’

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ६ : १९


काठमाडौं । सर्लाही स्थित नेपाल-भारत सीमामा झडप हुँदा गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ।

यस्तै, दुई भारतीय नागरिक र तीन नेपाली प्रहरी घाइते भएको छ।

पर्सा गाउँपालिकाको वडा नम्बर ३ नारायणपुरमा रहेको सशस्त्र प्रहरी बलको सीमा निगरानी पोस्टको क्षेत्रमा बिहान ९ बजे अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेकाहरूसँग झडप भएको र त्यस क्रममा गोली चलाइएको नेपाली अधिकारीहरुले बताएका छन्।

त्यसक्रममा भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि हतियार फिर्ता लिने क्रममा १५ राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

घटनामा एक जनाको मृत्यु भएको हो। मृतक भनिएका युवकका बुवाले नेपालमा कामका लागि जान खोज्दा गोली चलेको बताएका छन्।

सीमालाई सिल गरिएको छ। सीमामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्न खोज्दा एकजनालाई पक्राउ पनि गरिएको सशस्त्र प्रहरी जिल्ला सुरक्षा बेसक्यामका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस्