कोरोनाबाट थप एकको मृत्यु

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ५ : ५३


काठमाडौं । कोरोना भाइरस कोभिड–१९ बाट आज थप एक जना मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँची मालारानी गाउँपालिका–४ का ५७ वर्षका पुरुषको निधन भएको बताउनुभयो।

गत बुधबार लुम्बिनी अस्पताल बुटवलबाट उपचार गरी घर फर्कने क्रममा कोद्रे खोला नजिक उहाँको निधन भएको हो।

उहाँ १२ दिनअघि भारतको महाराष्ट्रबाट आई सोही ठाउँको सार्वजनिक आधारभूत माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्नुभएको थियो।

क्वारेन्टिनमा बसेका बेला स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो।

मन्त्रालयका प्रवक्ता डा गौतमले मृत्युपछि उहाँको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिहीबार जेठ २९ गते कोभिड–१९ को सङ्क्रमण देखिएको बताउनुभयो।

उहाँसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्