सरकार विरुद्धको प्रदर्शनलाई जसपाको समर्थन

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ३ : ४५


काठमाडौं । सरकार विरुद्ध भइरहेको प्रदर्शनमा जनता समाजवादी पार्टी (जसपा)ले समर्थन जनाएको छ।

उक्त पार्टीका अध्यक्षद्धय उपेन्द्र यादव र महन्त ठाकुरले विज्ञप्ति जारी गर्दै जनआवाजको सम्बोधन गर्न आग्रह गरेका छन्।

‘सरकारले जनताका आवाजलाई सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा भर्त्सना गर्दछौं। दमनात्मक कार्यलाई बन्द गरी जनताका न्यायोजित आवाजलाई तुरुन्त सम्बोधन गरिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

जनता समाजवादीले कोरोना महामारी नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको निश्कर्ष निकालेको छ। स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योगलगायत आर्थिक क्षेत्रमा चरम भ्रष्टाचार, संकट र अनियमितमा बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्