सरकारविरुद्ध बुटवलमा पनि प्रदर्शन

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  १ : ५४


काठमाडौं । बुटवलमा शुक्रबार पनि सरकारविरुद्ध प्रदर्शन भएको छ।

कोराना भाइरसको संक्रमण रोकथाममा सरकारले वास्था नगरेको र खर्चमा पारदर्शिता नभएको भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीले सबै परीक्षण पीसीआर विधिबाट गर्नु पर्ने, बेसार पानी खाऊ भन्नुको सट्टा उपचार गर्नु पर्ने, खर्च भएको रकम पारदर्शी हुनु पर्ने माग गरेका छन्।

प्रदर्शनमा उनीहरुले ‘१०० प्रतिशत पीसीआर लागु गर’, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, ‘नो पीसीआर, नुन, तेल, बेसार’, ‘खाएर बेसार हुँदैन कोरोनाको उपचार, चाहियो पीसीआर’, ‘कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता’ लगायतका नारा लगाएका थिए ।

बिहीबार पनि काठमाडौंमा बालुवाटार र देशका प्रमुख सहरहरुमा सरकारविरुद्ध प्रदर्शन भएको थियो।


प्रतिक्रिया दिनुहोस्