राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको निधन

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  १० : ४५


काठमाडौं । तत्कालिन राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको ९५ वर्षको उमेरमा निधन भएको छ ।उनलाई मुटुसम्बन्धी समस्या थियो । नलिनीको बिहीबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँकी भतिजी तथा बशुन्धरा बिक्रम शाहकी छोरी ज्योती सिंह शाहबाट उहाँको निधन भएको पुष्टि भएको हो । राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो ।

उहाँको पुन्च काश्मिरका तत्कालिन राजासँग बिहे भएको थियो । त्यसपछि उनी भारतमै बस्दै आउनुभएकाे थियाे । उहाँका दुई छोरा र तीन छोरी छन् ।


प्रतिक्रिया दिनुहोस्