इमरानको जादुले सलह कसरी हार्यो ? किसानले कमाए एकरातमै २० हजार !

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १० : ५८


पाकिस्तान । कुटनितिमा अब्बल मानिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फेरी सबैलाई तीनछक्क पारेका छन । दुनियाँ भरी अभिसाप बनेको सलहलाई पाकिस्तानले महत्वपूर्ण अवसरमा बदलेको छ। अहिले इमारानको यो फर्मुलाको सबैतिर तारिफ भईरहेको छ ।


किसानहरु ठुला ठुला जाल लिएर रातभर सलहलाई समात्न खटिन्छन । यसरी समातिएका सलह बापत उनिहरुले प्रती किलोको दरले पैसा पाउछन। यि सलहहरु कुखुराको दाना बनाउने कम्पनीहरुले किनेर लैजान्छन । अहिले पाकिस्तानमा सलहको माग बढीरहेको छ । एकजना किसानले सलह समातेर एकै रातमा २० हजर पाकिस्तानी रुपया सम्म कमएका छन ।

सलहबाट कुखुराको दाना बनाउदा अत्यन्तै पौस्टिक दाना तयार हुन्छ । अहिले कुखुराको मात्र नभएर अरु दाना उत्पादन गर्ने फ्याक्ट्री समेतले सलह किन्ने चाहाना ब्यक्त गरेका छन ।


प्रतिक्रिया दिनुहोस्