प्रदर्शनमा उत्रनेलाई कारवाही गर्ने गृहमन्त्रालयको चेतावनी

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ८ : १८


काठमाडौं । गृहमन्त्रालयले कोरोना महामारीको समयमा सडक आन्दोलन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ।

बिहिबार बालुवाटार लगायता देशभरका विभिन्न स्थानमा सरकार विरोध प्रदर्शन भएको छ।

मानिसहरु सडकमा उत्रिन थालेपछि मन्त्रालयले एक विज्ञप्ति निकाल्दै कारवाहीको चेतावनी दिएको छ।

सहसचिव केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा लकडाउन आदेशको अवहेलना गर्नेलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेले गरी कारबाही गर्न सक्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्